• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सातामा प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    603
    SHARES


    काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार रुपैयाँले उकालो लागेको बताए । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८ सय रुपैयाँ थियो ।

    यस्तै, सोही दिन तेजाबी सुनको मूल्य १ लाख १ हजार ३ सय रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा बढेर १ लाख ७ हजार १ सय रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ६ हजार ६ सय रुपैयाँ कायम रहेको छ ।

    साताको पहिलो कारोबार दिनदेखि उकालो लागेको सुनको मूल्य त्यसयता निरन्तर बढिरहेको छ । आइतबार एकैदिन तोलामा १७ सयले बढेको थियो । यस्तै, सोमबार ६ सय रुपैयाँ र मंगलबार १६ सय रुपैयाँले बढेको थियो ।

    यसका साथै, बुधबार स्थिर रहेको सुनको मूल्य विहीबार १ हजारले बढ्नुका साथै शुक्रबार ४ सय रुपैयाँले बढेको थियो । यसैगरी, यो साता चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ ।

    गत साताको शुक्रबार तोलामा १२ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य निरन्तर बढेर १३ सय १० रुपैयाँ पुगेको छ । यसबीचमा चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ