• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युवालाई निःशुल्क रोजगारमूलक तालिम

    215
    SHARES


    दोलखा । दोलखाको सदरमुकाम चरिकोटमा युवाहरूलाई निःशुल्क रोजगारमूलक तालिम दिइएको छ ।‌ जिल्ला युवा समिति दोलखाको आयोजना तथा युवा परिषद् बागमती प्रदेशको सहयोगमा बेरोजगार न्यूनीकरण गर्ने उद्देश्यले युवालाई निःशुल्क वारिष्टा (कफी मेकर) र होमस्टे तालिम दिन सुरु गरिएको हो ‌‌।‌

    तालिम ३ सय ९० घण्टा अर्थात् ३ महिना सम्म दिइने जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले बताएका छन्  । उक्त तालिममा होमस्टे तर्फ २५ जना र वारिष्टा तर्फ २५ जना गरी ५० जना युवाहरू सहभागिता छन् । तालिमको उद्घाटन पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले उद्घाटन गरे।

    उद्घाटन समारोहमा बोल्दै खड्काले आफ्नो लक्ष्य तर्फ युवाहरू सक्रिय हुन आवश्यक रहेको बताउँदै सीप र क्षमतायुक्त व्यक्तिले मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान दिन सक्ने बताउँदै सृजनशील भएर सीप सिक्न सहभागीहरूलाई आग्रह गरेका छन् । तालिम उपलब्धिमूलक हुनु पर्ने उल्लेख गर्दै पूर्व मन्त्री खड्काले तालिमको लगानी, बालुवा पानी भन्ने अवस्था आउन दिन नहुने पनि बताए ।

    तालिमको उद्घाटन समारोहमा बागमती प्रदेश युवा समितिका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुल बहादुर बुढाथोकी, अधिवक्ता कृतिनाथ शर्मा लगायतको उपस्थिति थियो ।

    सहभागी टिमलाई शक्ति थापाले होमस्टे र निशा तामाङले वारिष्टा सम्बन्धी प्रशिक्षण दिइरहेका छन् । तालिममा सहभागी भइ मेहनत गरेर उत्कृष्ट हुने र व्यवसाय गर्छु भन्ने जाँगरिला युवालाई प्रदेश युवा समितिले अनुदान स्वरूप ५० हजार प्रदान गरिने जिल्ला युवा समितिका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए । सीपमूलक तालिमले युवाहरूको बढ्दो बेरोजगारी न्यूनीकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ