• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized समाचार

    राष्ट्रिय क्रिकेट टोलीका सदस्यलाई वीरगञ्ज महानगरले मोटरसाइकल दिने

    479
    SHARES


    काठमाडौं । नेपाललाई विश्वकप छनोटमा पुर्‍याउने राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय आरिफ शेख र आसिफ शेखलाई वीरगञ्ज महानगरपालिकाले मोटरसाइकल पुरस्कार दिने भएको छ ।

    वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले एकदिवसीय मान्यता सुरक्षित गर्न र नेपललाई विश्वकप छनोटमा पुर्‍याउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै शेख दाजुभाइलाई मोटरसाइकल दिने घोषणा गरेका हुन् ।

    मेयर सिंहले वीरगञ्जका स्थानीयले राष्ट्रको प्रतिनिधित्व गर्दै शीर उँचो बनाएकोले स्थानीय सरकारको रुपमा पुरस्कृत गरेको बताए ।

    राष्ट्रिय टिमका अलराउण्डर आरिफले विश्वकप छनोटको लागि निर्णयक खेलमा बिहीबार यूएई विरुद्ध अर्धशतकीय योगदान गरेका थिए । विकेटकिपर ब्याटर आसिफले लिग २ मा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ