News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आगामी ३ दिन चट्याङसहित वर्षाको सम्भावना

1.3K
SHARES


काठमाडौं। स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभावले देशका कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आगामी तीन दिनसम्म अपराह्नपछि देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अहिले काठमाडौँसहित देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। देशका पश्चिम र सुदूरपश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भएको छ ।

महाशाखाले जारी गरेको मौसम विवरणअनुसार भोलि शनिबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै पहाडी भूभागका केही स्थान तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ र हावाहुरीसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चैत ५ गते आइतबार देशको पहाडी भूभागका केही स्थानहरुमा तथा तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिकरहल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महासखाले जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया