काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चैत १० गते सरकारले पूर्णता पाउने बताएका छन् ।
शुक्रबार लगानी बोर्डको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । उनले चैत ६ गते विश्वासको मत लिने र त्यसको ३-४ दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज उपराष्ट्रपतिको निर्वाचनपछि सबै दलसँग बसेर सत्ता विस्तारको बारेमा पनि छलफल गर्नेबताए ।
उनले भने, ‘‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु । विश्वासको मत ६ गते लिने भनिएको नै छ । त्यसको ४ दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु ।’’ प्रधानमन्त्री दाहालले सरकार विस्तार हुन कुनै पनि अप्ठ्यारो नरहेको पनि बताए ।
प्रतिक्रिया