• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाली क्रिकेट टोलीलाई सम्मान गर्दै राष्ट्रपतिले भने- राष्ट्रले खुसियाली मनाएको छ

    287
    SHARES


    काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई सम्मान गरेका छन् ।

    शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेलले नेपाली टोलीलाई सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वकप छनोटमा पुग्ने क्रममा नेपाली टोलीले निकै राम्रो खेल खेलेको बताएका छन् ।

    सबै कुराको पूर्वाधारको कमी हुँदा पनि सफलता प्राप्त हुनु ठूलो कुरा भएको उनले बताए । राष्ट्रपति पौडेलले नेपाली क्रिकेट क्षेत्रलाई उपेक्षा गर्न नहुने भन्दै राष्ट्रको शान राख्नका लागि खेल क्षेत्रको पूर्वाधारका साथै खेलाडीहरुलाई प्रोत्साहित गर्नुपर्ने धारणा राखे ।

    नेपालको जीतले सबै नेपाली गौरवान्वित रहेको र राष्ट्रले खुसियाली मनाएको उनको भनाइ छ । उनले विश्व मञ्चमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।

    बिहीबार नेपालले संयुक्त अरब इमिरेट्स (युएई)लाई  ९ रनले हराउँदै विश्वकप छनोटमा पुग्न सफल भएको थियो ।

    शुक्रबार नै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही ३ लाख राशिको पुरस्कार घोषणा गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ