काठमाडौँ। नेकपा माओवादी केन्द्रका संघीय र प्रदेशका सांसदहरुलाई पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामुहिक प्रशिक्षण दिने भएका छन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा लागि प्रदेश सभा सदस्यहरु समेत काठमाडौं आएका छन् । उपराष्ट्रपतिको मतदान सकिए लगत्तै प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सामुहिक प्रशिक्षणका लागि बोलाएका हुन् ।
यस्तै, संसद् भवनमा सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच वार्ता भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको हो ।
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत विषयमा छलफल भएको जनाइएको छ ।
उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्ष नेतासँग छलफल गरेका हुन् ।
प्रतिक्रिया