काठमाडौँ । उपराष्ट्रपति निर्वाचनका लागि मतदान समय सकिएको छ । निर्वाचन अधिकृतले राखेको समयसीमा ३ बजेसँगै सकिएको हो । बिहान १० बजेदेखि ३ बजेसम्मका लागि मतदान समय छुट्टाएको थियो ।
संघतर्फ ३ सय ११ र प्रदेशतर्फ ५ सय १८ मत खसेको छ । दिउँसो ३ बजेसँगै मतदान प्रक्रिया सम्पन्न भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपराष्ट्रपति बन्न नेकपा (एमाले) की उमेदवार अष्टलक्ष्मी शाक्य, गठबन्धनको सहयोगमा जसपा उम्मेदवार रामसहायप्रसाद यादव र जनमत पार्टीको तर्फबाट ममता झा प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया