काठमाडौं । उपराष्ट्रपति चुनावमा मतदानका लागि जनता समाजवादी पार्टी जसपाका सांसद मोहमद अब्दुल कलाम आजाज ट्रमा सेन्टरबाट संसद भवन नयाँ बानेश्वरमा पुगेका छन् ।
मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री समेत रहेका आजादले खुट्टामा चोट लागेका कारण ट्रमा सेन्टरमा उपचार गराइरहेका थिए ।
त्यसैले उनलाई मतदानका लागि ट्रमासेन्टरबाटै संसद भवन लागिएको थियो ।
यस्तै, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको टिप्पणी गरे । शुक्रवार सिंहदरबारमा रहेकाे आफ्नै कार्यकक्षमा नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा उनले आफूमा यस्तो मान्यता रहेकोबताएका हुन् ।
सभामुख घिमिरेले थर्काएर, किनेर, फकाएर बिग हाउसहरूले प्रभावित पारिरहेको उल्लेख गर्दै पत्रकारहरूलाई त्यसबाट मुक्त हुन पनि आग्रह गरे । देशमा पित पत्रकारिता निकै डरलाग्दो गरी देखापरेको सभामुख घिमिरेको बुझाइ छ । उनले पत्रकारहरूले जिम्मेवारीका साथ पत्रकारिता नगरेको जिकिर गर्दै त्यसको प्रभाव समाजमा परिरहेको पनि बताए ।
सभामुख घिमिरेले सरकार र पत्रकारहरूबीचको सम्बन्ध हानिकारक रहेकाले सञ्चार क्षेत्रको समस्या झनै बढेर गएको पनि बताए । उनले सरकारसँग राम्रो सम्बन्ध कायम गरेर मात्रै राम्रो ऐन, कानुन निर्माणका लागि पत्रकारहरूले राम्रो भूमिका निर्माण गर्न सक्ने पनि स्मरण गराएका छन् ।
उनले भने, ‘पत्रकारहरूले जति जिम्मेवारीसाथ पत्रकारिता गर्नु पर्दथ्यो त्याे भएकाे छैन । अन्यथा नलिनुहोला । पित पत्रकारिता अहिले पनि निकै डरलाग्दो गरी छ । अझ अर्को भन्ने हो भने त बिक्रीमा छन् पत्रकारहरू ।
सङ्घ बिक्रीमा छ भन्यो सभामुखले भन्लान् कि भनेर मैले यसलाई रोकिरहनु पर्दैन । बिग हाउसहरूले प्रभावित पारेको छ । थर्काएर गरेको छ । किनेर गरेको छ । फकाएर गरेको छ । अनेक ढङ्गबाट गरेको छ । त्यसको प्रभाव हाम्रो समाजमा निकै परेको छ ।’
सभामुख घिमिरेले कानुनको अभावमा देशमा ठगीहरू बढिरहेकाले त्यसलाई नियन्त्रण हुने गरी कानुन निर्माण गर्ने काममा सरकार र राजनीतिक दलहरूलाई सचेत बनाउने काममा पत्रकारिता क्षेत्रले काम गर्नुपर्ने उनको भनाइ छ । उनले कानुन निर्माणमा, राष्ट्र निर्माणमा र देशलाई सही बाटोमा अघि बढाउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारहरूले त्यहीअनुसार सञ्चारका कामहरू गर्नुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले भने मिडियामैत्री कानुन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया