• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    स्ववियु निर्वाचन : आरआरका निर्वाचन अधिकृत नै सम्पर्कविहीन, कहिले खुल्छ प्रशासनको ताला ?

    303
    SHARES


    काठमाडौँ । कुनै बेला स्ववियु निर्वाचनको सारगर्मी सबैभन्दा पहिलेसुरु हुने आरआर अहिले सुनसान बनेको छ । आरआरमा निर्वाचन सम्पन्न हुनु भनेको देशैभर स्ववियु निर्वाचन सम्पन्न हुनुजस्तो हुने गर्दथ्यो । तर, अहिले क्याम्पसमा सुनसान छ भने प्रशासनमा ताला लगाइएको छ ।

    स्ववियुको नाममा अनेरास्ववियुको तर्फबाट मात्र उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट मदन भण्डारीले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट दिलिप खड्का सचिव र जन्मराज उपाध्यय कोषाध्यक्षका उम्मेदवार बनेका छन् ।

    अनेरास्ववियु बाहेक अन्य कुनै पनि संगठनबाट उम्मेदवारी परेको छैन् । महेश जैशी, नविन कोइराला र जमुना निउरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ती बाहेक नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतको तर्फबाट उम्मेदवारी परेको छैन् ।

    नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुँदा आरआर अनेरास्ववियूको भागमा परेका थियो । तर, अनेरास्ववियूको केन्द्रीय नेताहरूको दबाबमा उम्मेदवारी नै दर्ता गर्न दिइएन् ।

    यतिमात्र नभएर अखिल क्रान्तिकारी र नेविसंघका शीर्ष नेताहरूले समेत यो विषयमा अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीलाई सम्पूर्ण जिम्मा दिएको बताउने गरेका छन् ।

    संयुक्त विद्यार्थी संगठनको तर्फबाट क्याम्पस प्रशासन, निर्वाचन अधिकृतको कार्यालय लगायतमा ताला लगाइएको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन अधिकृतको राजीनामा नआउँदासम्म आफूहरूले उम्मेदवारी नदिने बताए ।

    ‘निर्वाचन अधिकृत स्वतन्त्र नभएर अनेरास्ववियुको कार्यकर्ता भएर काम गरे । १ सय देखि १ सय ५० जना गैर विद्यार्थीलाई भर्ना गराए । हामीले उनको राजीनामा नआएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न दिदैनौं,’ उनले भने ।

    निर्वाचन अधिकृत विनोद कार्की २०५५ सालको स्ववियु सभापति निर्वाचित भएको व्यक्ति भएको भन्दै उनीहरूले स्वतन्त्र व्यक्ति हुनुपर्ने माग अघि सारेका छन् ।

    निर्वाचन गराउनको लागि आफूहरूले अघि सारेका माग सुनुवाई नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने उनको भनाइ छ । क्याम्पसले निर्वाचन गराउनका लागि सबै संगठनहरूसँग छलफल गरेर अगाडि बढ्नुको साटो एकलौटी ढंगबाट अगाडि बढिरहेको उनले बताए ।

    केही दिन अगाडि आरआरमा चलिरहेको छलफलमा अनेरास्ववियूका कार्यकर्ता खुकुरी बोकेर क्याम्पसमा गएका थिए । खुकुरी बोकेर हिँडेका अनेरास्ववियूका स्थायी कमिटी सदस्य मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अहिले उनी छुटिसकेका छन् ।

    कलेजमा निर्वाचन गराउने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत कलेज नै आउन छोडेका छन् । आन्दोलनरत विद्यार्थीहरूले कलेज नआउन धम्की दिइरहेका छन् । त्यस्तै क्याम्पस प्रमुख समेत कलेजमा आउन सकिने वातावरण नभएको भन्दै नआएको विद्यार्थीहरूको बताएका छन् ।

    स्ववियु निर्वाचनको नाममा कलेज कति दिनसम्म बन्द हुने हो भन्नेमा विद्यार्थीहरू चिन्तित देखिएका छन् । उनीहरूले सबै सरोकारवाला निकाय बसेर तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन र विद्यार्थीहरूलाई पढ्ने माहोल निर्माण गर्न माग गर्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ