• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्कुल बसको ठक्करबाट ३ वर्षीय कार्तिकको ज्यान गयो

    369
    SHARES


    बारा। बाराको कलैयामा आज बिहान स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

    वीरगञ्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसको ठक्करबाट बिहान कलैया उपमहानगरपालिका-१ मोतीबागका विनोद साह सोनारका छोरा ३ वर्षीय छोरा कार्तिकको ज्यान गएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

    बस चालकलाई प्रहरीले पक्राउ गरेर आवस्यक अनुसन्धान गरिरहेको छ ।

    यस्तै, पोखराको चिप्लेढुङ्गामा शुक्रवार (आज) बिहान नगरबसले स्कुटरलाई ठक्कर दिँदा एक युवतीको ज्यान गएकाे छ ।

    चिप्लेढुङ्गामा ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक झापा दमक नगरपालिका-४ घर भइ पोखरा ५ बस्ने २४ वर्षीया दीक्षा कार्कीको ज्यान गएकाे हाे ।

    कार्कीको घटनास्थलमै ज्यान गएकाे कास्की प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेको जनाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ