News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

टिकटक बिक्री नगरे प्रतिबन्ध लगाउने अमेरिकाको चेतावनी

202
SHARES


काठमाडौं । संयुक्त राज्य अमेरिकाले टिकटक बिक्री गर्न वा सम्भावित प्रतिबन्धको सामना गर्न कम्पनीलाई चेतावनी दिएको छ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको भिडियो सेयरिङ एप टिकटकले राष्ट्रिय सुरक्षा जोखिम खडा गरेको अमेरिकाको आरोप छ ।

अमेरिकाले बाइटडान्सलाई कम्पनीको सेयर बिक्री गर्न वा प्रतिबन्धको सामना गर्न चेतावनी दिएको बारे सुरुमा ‘वाल स्ट्रिट जर्नल’ले रिपोर्ट गरेको थियो । अहिले टिकटकले यो विषय पुष्टि गरेको बीबीसीले जनाएको छ ।

टिकटकमा संकलित लाखौँ व्यक्तिको तथ्यांक चिनियाँ सरकारसम्म पुग्न सक्ने अमेरिकी अधिकारीको चिन्ता रहेको छ । तर, बाइटडान्सले टिकटक बिक्री गरे पनि यसको डाटा प्रवाह र पहुँच परिवर्तन नहुने जनाएको छ ।

बाइटडान्सले टिकटक बेच्नुपर्ने र यसो हुँदा त्यो चीनबाट पूर्ण रूपमा अलग हुने अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विश्वास छ ।

राष्ट्रिय सुरक्षा जोखिमको निरीक्षण गर्ने अमेरिकी विदेशी लगानी समिति (सीएफआईयूएस)को सर्वसम्मतिले टिकटकलाई बाइटडान्सबाट हटाउन सिफारिस गरेको भनिएको छ ।

टिकटकका प्रवक्ताले यस विषयमा भनेका छन्, “यदि, राष्ट्रिय सुरक्षाको रक्षा गर्ने उद्देश्य हो भने बिक्रीले समस्याको समाधान गर्दैन । (टिकटकको) स्वामित्वमा परिवर्तन हुँदा डाटा प्रवाह वा पहुँचमा कुनै नयाँ प्रतिबन्ध लाग्ने छैन ।”

उनले थप भनेका छन्, “राष्ट्रिय सुरक्षाका बारेमा चिन्ता सम्बोधन गर्ने उत्तम तरिका भनेको अमेरिकामा अमेरिकी प्रयोगकर्ताको डाटा सुरक्षाको पारदर्शीता हो ।”

यसअघि, सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल पहिलोपटक टिकटकमाथि प्रतिबन्ध गर्ने चेतावनी दिइएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया