काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (बहुमत) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले रासायनिक मलको अनुदान कटौती गर्ने निर्णय फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले अन्तराष्ट्रिय मुल्य समायोजको बहाना वनाए किसानलाई दिर्दै आएको अनुदानको रकम घटाएर किसानलाई मलको मूल्य वढाएको भन्दै महासंघले आपत्ति समेत जनाएको छ ।
‘हाल नेपाली किसानले रासायनिक मल प्रर्याप्त नपाएको वेला वा अनुदानमा मल खरिद गर्न आवश्यक रकम अपुग भएको वेला नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अन्तराष्ट्रिय मुल्य समायोजको वहान वनाए किसानलाई दिर्दै आएको अनुदानको रकम घटाएर किसानलाई मलको मूल्य वढाएकोमा हाम्रो संघठनको ध्यान आकर्षण भएको छ । सथै मिति २०७९-११-२६ को निर्णय गरेर २०७९-११-२९ मा लागु हुने गरि गरिएको मलमा दिइदै आएको अनुदान ११.८ प्रतिशत घटाएर वा ८० प्रतिशत दिर्दै आएको रासायनिक मलको अनुदान घटाएर ७०.८० मा झारेर नेपाली किसानलाई पलायन वनाउन कृषिमा परनिर्भर वनाउन यो राज्य लागेको छ । यसप्रति हाम्रो संगठन गम्भिर आपति जनाउछ ।’ बिज्ञप्तिमा भनिएको छ ।
महासंघका अध्यक्ष हरि श्रेष्ठले एक बिज्ञप्ति जारी गर्दै राज्यले गरेको किसान मारा निर्णय खारेज गरी नेपाली किसानलाई दिइर्दै आएको रासायनिक मल अनुदनान नघटाउन र मलको अनुदान ९० प्रशित पुर्याउन माग गरेका छन् ।
साथै रासयनिक मल खरिद गर्दा भएको घोटला छानबिन गरी कारवही अगडी वढाउन र समयमा किसानलाई मल आपुर्ति गर्न महासंघले माग गरेको छ । ‘रासयनिक मल खरिद गर्दा भएको घोटला छानबिन गरी कारवही अगडी वढाउन र समयमा किसानलाई मल आपुर्ति गर्न रासयनिक मल कारखाना नेपालमा नै स्थापना गर्न वाहिरवाट मल खरिद गर्दा खुल्ला प्रतिष्पर्धा गरिएको अवेदन (ग्लोवल टेन्डर ) खारेज गरी सरकार (जी टु जी ) माध्यवाट मात्र मल खरिद गर्न आवहान गर्दछौ ।’ बिज्ञप्तिमा भनिएको छ ।
अन्यथा दलाल विचौलीया र दलाल पुजीवादीको किसान मारा गरेको निर्णय विरुद्ध सम्पूर्ण किसान आन्दोलनमा उत्रन बाध्य हुने समेत महासंघले चेतावनी दिएको छ । ‘अन्यथा दलाल विचौलीया र दलाल पुजीवादीको किसान मारा गरेको निर्णय विरुद्ध सम्पूर्ण किसान आन्दोलनमा उत्रन बाध्य हुने यसै विज्ञाप्ति माफत जानकारी गराइएको छ । यसको जिम्मेवार सम्वन्धीत निकाय हुने यसै विज्ञाप्ति मार्फत जानकारी गराइन्छ ।’ बिज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया