News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

यूएईको स्लोओभर नेपालाई फाइदा

745
SHARES


काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले डीएलएस पद्धतिमा यूएईलाई ९ रनले हरायो ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा २ सय ६९ रन बनाउँदा ९ रनले आफ्नो पक्षमा जित निकाल्न सफल भयो ।

यूएईले ४० ओभर पछि बलिङको रफ्तार सुस्त बनाउँदा उनलाई धक्का पुगेको हो । उक्त स्लोओभर नै नेपालका लागि बरदान सावित हुनापुग्यो । यूएईले गरेको ४२ ‍‍औँ स्लोओभरको बलिङमा नेपालका लागि गुलशन झाले २० रन बनाए । त्यसपछि नेपाल डीएलएस पद्धतिमा अघि रह्यो ।

त्रिवि क्रिकेट मैदानमा उज्यालो कम हुँदा एम्पाएरले खेल रद्द भएको र नेपालले जित निकालेको घोषणा गरेका थिए ।

यूएईले गरेको स्लो ओभरमा नेपालले ४१ औं ओभरमा नेपालले ६, ४२ औं ओभरमा नेपालले २०, ४३ औं ओभरमा नेपालले ६,४४ औं ओभरमा नेपालले ८, नेपालले चार ओभरमा ४० रन बनाएको हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया