काठमाडौँ। अर्धशतक बनाएलगत्तै आरिफ सेख आउट भएका छन् ।
६० बलमा ५१ रन बनाएपछि आरिफ दुई बलपछि नै ५२ रनको अवस्थामा आउट भएका हुन् । उनले करिअरको पाँचौँ अर्धशतक बनाए ।
आरिफ आउट भएपछि क्रिजमा दीपेन्द्रसिंह ऐरी आएका छन् । तीव्रगतिमा रन बनाउन सक्ने क्षमता भएका दीपेन्द्रमाथि नै अब नेपालको आशा टिकेको छ ।
कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा पानी पर्ने सम्भावनासमेत देखिएको छ । त्यसैले पनि नेपालले तीव्रगतिमा रन बनाउन आवश्यक रहेको छ ।
संकटग्रस्त अवस्थामा पुगेको नेपाली ब्याटिङ अर्डर सम्हाल्दै आरिफ सेखले अर्धशतक पूरा गरेका छन् । आरिफले ६० बलमा ५१ रन बनाएका हुन् । यसक्रममा उनले जम्मा दुई चौका प्रहार गरे ।
युएईले दिएको ३ सय ११ रनका विशाल लक्ष्य पछ्याउने क्रममा सुरुदेखि नै विकेट खसेपछि नेपाल निकै दबाबमा रहेका वेला आरिफ क्रिजमा आएका थिए ।
उनले भीम सार्कीसँग ९१ रनको साझेदारी गरे । भीम ६७ रनमा आउट भएपछि आएका गुल्सन झा र आरिफबीच ४४ रनको साझेदारी भइसकेको छ । यो जोडीमा नै नेपालको जितको आशा छ ।
प्रतिक्रिया