काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
तर राष्ट्रपति निर्वाचनपछि खाली रहेको तनहुँ क्षेत्र नम्बर २ र उपराष्ट्रपति निर्वाचनबाट खाली हुनसक्ने निर्वाचन क्षेत्रमा वैशाख १० गते नै उपनिर्वाचन गर्न समय अभाव हुने भएको हो ।
यसअघि आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट रिक्त हुने क्षेत्रमा पनि चितवन क्षेत्र नम्बर २ का लागि तोकिएको समयमा निर्वाचन गर्न सकिने बताएको थियो ।
राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पद खाली भएको छ । यस्तै शुक्रबार हुने उपराष्ट्रपतिको निर्वाचनमा यदि जनता समाजवादी पार्टीका सांसद रामसहाय प्रसाद यादव निर्वाचित भएमा बारा क्षेत्र नम्बर २ खाली हुने सम्भावना छ ।
यदि बारा क्षेत्र नम्बर २ पनि खाली भएमा तनहुँ र सो क्षेत्रमा वैशाख १० मै उपनिर्वाचन गर्न प्राविधिक रुपमा छिटो हुने भएकोले अलिपछि मात्रै मिति तोकिने सम्भावना रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता सुर्यप्रसाद अर्यालाको भनाइ छ ।
राजनीतिक दललहरुले पनि चुनावको तयारी गर्नुपर्ने भएकोले सरकारको सहमतिमा सो क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा हुने सम्भावना रहेको उनले बताए ।
त्यसै गरि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ट्वीटर अकाउन्ट ह्याकरको पन्जाबाट मुक्त भएको छ । बुधबारदेखि ह्याक भएको प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल पीएम नेपाल पुनः सञ्चालनमा आएको हो ।
‘हिजो १५ मार्च बेलुकीदेखि ट्विटर ह्याण्डलमा अनाधिकृतरुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ ।
ट्विटर ह्याण्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनाधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको सचिवालयको भनाइ छ ।
यसबारे सत्थतथ्य छिट्टै नै सार्वजनिक गरिने भन्दै सचिवालयले यसबारेमा प्रकट भएका चिन्ता, चासो र सुझावका लागि सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।
प्रतिक्रिया