काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा बिहीबार युएईविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालका लागि कुशलले ३२ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी ५० रन बनाएरै आउट भएका छन् । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा नेपाललाई युएईले ३ सय ११ रनको लक्ष्य दिएको थियो ।
प्रतिक्रिया