• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    केन्द्रीय चिकित्सा क्याम्पसमा २ प्यानलको भिडन्त

    561
    SHARES


    काठमाडौँ । केन्द्रीय चिकित्सा क्याम्पस महाराजगन्ज (एमएमसी) मा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दुई वटा प्यानल देखिएका छन् ।

    जसमा अनेरास्ववियुको तर्फबाट आनन्द कुमार सिंहको नेतृत्व रहेको छ । भने नेविसंघको तर्फबाट अभिशिखा न्यौपानेको नेतृत्व रहेको छ ।

    सिंहलाई यूथ फर ईक्वालिटीले समर्थन गरेको छ । भने न्यौपानेलाई अखिल क्रान्तिकारीले समर्थ गरेको छ ।

    दुवै पक्ष स्ववियु निर्वाचन आफ्नो पक्षमा पार्ने हिसाबले लागिरहेको छ । त्यही आधारमा आफ्ना एजेन्डाहरू विद्यार्थीमाझ पुर्याउने काम गर्दै आएका छन् ।

    महोत्तरीको गौशाला घर भएका सिंह अहिले एमबीबीएस चौथो वर्षमा अध्ययन रत छन् । गाउँको सरकारी विद्यालयमा आफ्नो पढाई सुरु गरेका उनले लिटिल एन्जल्स स्कुलबाट एसएलसी र नासा कलेजबाट प्लस टुको अध्ययन गरेका थिए ।

    डाक्टर बन्ने सपना बोकेका सिंहलाई आईओएममा आउन २ वर्ष कुर्नुपरेको थियो । सन् २०१७ डिभाईस चोरी काण्ड भयो । त्यसले उनलाई निकै पिर दियो । त्यहि बेलादेखि उनी विद्रोही बने । उनी लगायत तत्कालीन समयमा प्रवेश परीक्षा दिने विद्यार्थीहरूले आन्दोलन गरे ।

    अन्ततः पुनः प्रवेश परीक्षा गराई प्रवेश गरियो । झन्डै एक महिनासम्म आन्दोलन चलेको थियो । दिनभर साथीहरूलाई साथमा लिएर आन्दोलन गर्दै हिँड्थे भने राति भाईब्रेटमा बसेर पढ्थे । त्यसपछि उनी उक्त प्रवेश परीक्षामा ४४ नम्बरमा नाम निकाल्न सफल भए ।

    विद्यार्थीहरूको साथ र सहयोगले उनी यति बेला स्ववियु सभापतिमा उम्मेदवारी दिन हौसिएका हुन् । क्याम्पसभित्र हुने गरेको बेथिति अन्त्य गर्ने उनको प्रतिबद्धता छ ।

    क्याम्पसमा हुने बेथिति र सुधारको पक्षमा निरन्तर आवाज उठाउँदै आएको र अबका दिनमा यसलाई थप सशक्त बनाएर अघि बढ्ने उनको प्रतिबद्धता छ ।

    क्याम्पसमा रहेको छात्रावासको समस्या, क्यान्टिनको समस्या, क्याम्पसका पूर्वाधार सुधार लगायतका कामलाई उनले आफ्नो एजेन्डा बनाएका छन् । उनीहरूले सोसाइटी अफ मेडिकल स्टुडेण्टको स्थापना गरेका थिए । त्यसको उनी संस्थापक हुन् ।

    उक्त संस्थामा रहेर नेपालका सबै मेडिकल विद्यार्थीहरूलाई एउटै छानोमा राखेर अगाडि बढ्नुपर्छ भन्ने मान्यता उनको थियो ।

    चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीको आन्दोलनमा उनी सुरु देखिनै लागेका थिए । त्यही बेला कैयौँ पटक उनी प्रहरी हिरासतमा समेत परे । विद्यार्थीका हकहितका लागि विगतमा उठान गर्दै आएका मुद्दामा काम गर्ने उनको इच्छा छ ।

    आफूले स्ववियु जितेको खण्डमा सबैभन्दा पहिला छात्रावासको व्यवस्थापन गर्ने उनको प्रतिबद्धता छ । विगत ३ वर्षदेखि अतिरिक्त कृयाकलाप हुन नसकेको भन्दै त्यसलाई निरन्तरता दिने उनको प्रतिबद्धता छ । त्यस्तै पीजी डाक्टरहरूका विविध समस्याबारे समेत जानकार रहेका उनले त्यसलाई समाधान गर्नेतिर ध्यान दिने प्रतिबद्धता जनाएका छन् ।

    आईओएममा १ हजार दुई सयको हाराहारीमा विद्यार्थीहरू अध्ययनरत छन् ।

    त्यस्तै स्ववियुको अर्का उम्मेदवार अभिशिखा न्यौपानेले समेत विद्यार्थीका समस्या आफ्ना समस्या भएको बताएकी छिन् । नेविसंघले छात्रालाई सभापतिको उम्मेदवार बनाएको हो । नेविसंघको उक्त क्रान्तिकारी निर्णयप्रति आफ्नो उच्च सम्मान रहेको उनको भनाई छ ।

    आफू चुनाव जितेर महाराजगन्ज चिकित्सा क्याम्पसमा नयाँ इतिहास रच्ने आफ्नो योजना रहेको उनको भनाई छ । उनले राम्रो आईओएमको लागि विभिन्न प्रस्तावहरू अघि सारेकी छिन् ।

    उनले आरामदायी जीवनको अनुभव प्रदान गर्न होस्टेल सुविधाहरूको नवीकरण र स्तर वृद्धि गर्ने योजना अघि सारेकी छिन् ।

    त्यस्तै अध्ययन र अनुसन्धानको लागि सहज र अनुकूल वातावरण प्रदान गर्न पुस्तकालय सुविधाहरूको स्तरोन्नति गर्ने उनको योजना छ ।

    यस्तै

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ