News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

नेपाललाई ३ सय ११ रनको लक्ष्य

288
SHARES


काठमाडाैँ । विश्वकप क्रिकेट लिग-टूको आफ्नो अन्तिम खेलमा नेपाललाई युएईले ३ सय ११ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले आसिफ खानले आक्रामक ब्याटिङ मद्दतमा ५० ओभरमा ६ विकेट गुमाएर ३ दया १० रन बनायो । खानले नटआउट १ सय १ रन बए  ।

उनले मात्र ४१ बलमा सतक पूरा गरेका थिए । जम्मा ४२ बल खेल्दै खानले ११ छक्का र ४ चाैकासहित १ सय १ रनमा अविजित रहे ।

यस्तै वृत्य अरबिन्दले ९४ र कप्तान माेहम्मद वासिमले ६३ रन बए । आक्रामक ब्याटिङ गर्दै वासिमले ४९ बलमा २ चाैका र ६ छक्का प्रहार गरे ।

नेपालका दिपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने सोमपाल कामी र ललित राजवंशीले एक एक विकेट लिदा १० ओभर बलिङ गरेका सन्दीपले ८० रङ खर्चे । यस्तै सोमपालले ९ ओभरमा ७४, गुल्सन झाले ८ ओभरमा ६३ रन खर्चे । सबैभन्दा किफायति बलिङ गरेका दिपेन्द्रले ८ ओभरमा १९ तथा लतिलतले १० ओभरमा ३६ रन खर्चेका हुन् ।

खेलको तेस्रो ओभरमा १९ रन हुँदा ललितले विकेट लिँदै यूएईलाई दबाबमा राख्ने कोशिस गरे पनि यूएईले आक्रामक ब्याटिङ गर्‍यो । दिपेन्द्र र ललितबाहेक अन्य बलरको बलिङ महंगो साबित भयो ।

नेपालले आज युएईलाई पराजित गर्न सके आउँदो जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछ । पराजित भएमा यसै महिनाकाे अन्तिममा नामिबियामा हुने क्वालिफायर प्ले अफ खेल्नुपर्ने हुन्छ ।

नेपाल ३५ खेलमा ३८ अङ्कसहित चौथो स्थानमा रहेकोछ । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तेस्रो स्थानमा छ । आजको खेल नतिजाविहीन भए नेपाल र नामिबिया दुवैको ३९-३९ अंक हुनेछ । जित प्रतिशतका आधारमा नामिबिया विश्वकप छनोट खेल्नेछ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया