News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

बागमती

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले चैत ८ मा विश्वासको मत लिने

238
SHARES


काठमाडौँ। बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् ।

विश्वासको मतका लागि प्रदेशसभा सचिवालयले चैत्र ८ गते दिउँसो ३ बजेका लागि बैठक बोलाएको बागमती प्रदेश सभा सदस्य युवराज चौलागाईँले बताए । जम्मकट्टेलले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेकोसमेत उनले बताए ।

काठमाडौँको एक कार्यक्रममा उनके भने ‘आगामी चैत्र ८ गते विश्वासको मत लिने तयारी रहेको छ । विश्वासको मत पाइन्छ । कुनै समस्या छैन । अहिलेसम्म त एमाले पनि सरकारमै छ ।’

केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।

गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्रीहरु रहेका छन् ।

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया