बारा । डिभिजन वन कार्यालय बाराको गस्ती टोलीले बुधवार राति सालको काठसहित भ्यान नियन्त्रणमा लिएको छ ।
पूर्व – पश्चिम राजमार्गको पथलैया स्थित ५ किलोमिटर सडक खण्डको वन क्षेत्र भित्रबाट सालको काठ लोड गरेको अवस्थामा भ्यान नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाका आधारमा खटिएको वन गस्ती टोलीले गाडी नियन्त्रणमा लिए पनि तस्करहरू भने भाग्न सफल भएका थिए । १० थान गोलिया र बाग्मती प्रदेशको १२७ च ०८४२ नं को भ्यान मात्रै वन गस्ती टोलीले नियन्त्रण लिन सकेको वन कार्यालयले जनाएको छ ।
तस्करहरू ८-१० जनाको समूहमा आएको डिभिजन वन अधिकृत विनोद सिंहले बताए । भाग्ने क्रममा उनीहरूबाट एक थान ४ फिट, दुई थान ६ फिट र सात थान ७ फिट लम्बाइका १० वटा गोलिया करिब १ सय १० क्यु फिट बराबरको काठ नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको सो गोलिया अहिलेको बजार मूल्यमा ५ लाख भन्दा बढीको रहेको वन कार्यालयले जनाएको छ । तस्करीमा संलग्न व्यक्ती र सो भ्यान कसको हो भन्ने विषयमा खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसरी वन क्षेत्रभित्रै भ्यान नै प्रयोग गरेर तस्करहरूले जङ्गल मास्न थालेपछि संरक्षणमा भने ठुलो चुनौती खादा भएको वन अधिकृतको भनाइ छ।
प्रतिक्रिया