काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेलमा नेपालसँग ब्याटिङ गरिरहेको युएईले आक्रमक ब्याटिङ्को सुरुआत गरेको छ ।
युएईले आफ्नो पहिलो विकेट २.५ ओभरमै गुमाएपनि आफ्नो आक्रमक ब्याटिङको लय भने पछ्याई रहेको छ ।
युएईका कप्तान तथा ओपनर ब्याट्सम्यान मुहम्मद वासीमले युएईका लागि आक्रमक सुरुआत गरेका छन् ।
उनले ४३ बलमा नै आफ्नो अर्धशकत पूरा गरेका छन् । ५ छक्का र २ चौकाको मद्धतमा उनले ५३ रन जोडेका छन् ।
वासीमलाई क्रिजमा भ्रिटया अरबिन्दले साथ दिइरहेका छन् । युएई ताजा अवस्थामा १४.१ ओभरमा १ विकेट गुमाउँदै ८६ रनमा रहेको छ ।
प्रतिक्रिया