काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ । ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।
युएईले ४ ओभरमा १ विकेट गुमाएर ४१ रन जोडेको छ ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बामेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
प्रतिक्रिया