काठमाण्डाै। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले आज बिहीवारदेखि लागू हुने गरी दूधको मूल्य बढाएको छ ।
संस्थानले आजदेखि नयाँ मूल्य प्रिन्ट भएको प्याकेट दूध बजारमा पठाएको छ ।
सरकारी निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र आजदेखि उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डीडीसीले जनाएको छ ।
हिजो बुधवारदेखि नै किसानले बढेको मूल्य पाएका र त्यही मूल्य आजदेखि उपभोक्ताबाट लिन थालेको डीडीसीले निकालेको विज्ञप्तिमा भनुएको छ ।
निलो प्याकेटको मूल्य प्रतिलिटर ११ रुपैयाँले बढेको छ । यसअघि प्रतिलिटर ८६ रुपैयाँ रहेको निलो प्याकेटको मूल्य आजदेखि काठमाण्डौ, विराटनगर, जनकपुर र हेटौँडामा ९७ रुपैयाँ पर्नेभएको छ ।
त्यस्तै बुटबलमा ९४ तथा नेपालगञ्ज र धनगढीमा ९२ रुपैयाँ कायम भएको दुग्ध विकास संस्थानले जनाएको छ ।
प्रतिक्रिया