News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

चट्याङबाट २ जना घाइते, पशुपंछी पनि मरे

1.2K
SHARES


काठमाडौँ। धनकुटामा बुधबार अपराह्न हावाहुरीसँगै चट्याङ पर्दा दुई जना घाइते भएका छन् । चार पशुपंछी मरेका छन् ।

चौबिसे गाउँपालिका-१ पोखरीमा अपराह्न साढे ४ बजे चट्याङ पर्दा स्थानीय ३२ वर्षीय चन्द्रकुमार श्रेष्ठ घाइते भएका छन् । यस्तै, धनकुटा नगरपालिका-१० पात्लेकी ५० वर्षीया तारा कार्की घाइते भएको प्रहरीले जनाएको छ ।

वस्तुलाई वर्षात्‌बाट जोगाउन त्रिपाल ओढाउने क्रममा चट्याङ पर्दा श्रेष्ठ घाइते भएका हुन् । घटनामा उनको गोठमा बाँधिएका दुई वटा गाईवस्तु मरेका छन् ।

चट्याङबाट श्रेष्ठले लगाएको कपडा जलेको छ भने बायाँ हात जलेको प्रहरीले जनाएको छ । स्थानीय मेडिकलमा उपचारपछि उनी घर फर्कीएका छन् ।

यस्तै घरमै बसिरहेको बेला चट्याङ पर्दा कार्की सामान्य घाइते भएकी हुन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । दुवै घटनामा गरी १ लाख ९० हजार बराबरको क्षति भएको जनाएको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया