• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    धनकुटामा आगलागीबाट दुई घरमा क्षति

    329
    SHARES


    धनकुटा। धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थितनाम्फुमा बुधबार अपराह्न आगलागीबाट २ घरमा क्षति पुगेको छ ।

    स्थानीय ज्ञानबहादुर खड्का र खीलबहादुर खड्काको घरमा आगलागी भएको प्रहरीले बताएको छ ।

    दिउँसो ४ बजेतिर अकस्मात आगो लाग्दा दुवै घरका अन्नपात, लत्ताकपडालगायत सम्पूर्ण सामान जलेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी नरेन्द्र कुँवरले बताए ।

    ज्ञानबहादुरको घरबाट सल्किएको आगो छिमेकी खीलबहादुरको घरसम्म फैलिएको थियो । घटनामा १३ लाखभन्दा बढीको क्षति भएको प्रवक्ता कुँवरले बताएका छन् । आगलागीको कारण भने अझै खुल्न सकिरहेको छैन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ