News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

उपराष्ट्रपतिको उम्मेदारबारे बसेको १० दलको बैठक निस्कर्षविहिन

299
SHARES


काठमाडौं । उपराष्ट्रपतिको उम्मेदवारबारे साझा धारणा बनाउन बसेको १० दलको बैठक निश्कर्षविहीन भएको छ ।

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनका १० दलबाट २ जना उम्मेदवार रहेका छन् । जनता समाजवादी पार्टी (जसपा) का रामसहाय यादव र जनमत पार्टीकी मतता झा उम्मेदवार रहेका छन् ।

साझा उम्मेदवार तय गर्न प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा १० दलको बैठक बसेको थियो । बैठकमा एउटै उम्मेदवार बनाउने विषयमा छलफल भएपनि कुनै सहमति भने जुट्न दकेन ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले भने, ‘सकारात्मक छलफल भएको छ । भोलि बसेर एउटा धारणा बनाउने कुरा भएको छ ।’

 

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया