• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    जनयुद्धलाई अपराधिकरण गर्नेले आफ्नो ज्यानको ख्याल गर्नुपर्छः विप्लव

    360
    SHARES


    काठमाडौँ । नेकपाका महासचिव विप्लवले जनयुद्धलाई अपराधिकरण गर्न खोज्नेहरुले आफ्नो ज्यानको पनि ख्याल गर्नुपर्ने चेतावनी दिए । नेकपा र नेकपा माओवादी समाजवादी बीचको पार्टी एकता कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

    विप्लवले जनयुद्धलाई अपराधीकरण गर्ने प्रयास नगर्न चेतावनी समेत दिए । उनले जनयुद्धलाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको र नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको ख्याल गर्नुपर्ने चेतावनी दिएका हुन् ।

    नेकपा र नेकपा माओवादी समाजवादीबीचको पार्टी एकता भएको छ । उक्त कार्यक्रममा बोल्दै विप्लवले जनयुद्धलाई अपराधीकरण गर्ने खालका गतिविधिमा संलग्नहरुलाई छुट दिन नसकिने बताए ।

    “‘जसले फासीवादको विरुद्ध लडे, ऊ नै अपराधी हुनुपर्ने हो र ? २००७ सालमा क्रान्ति गर्ने मान्छे अपराधी हुनुपर्ने हो र ? जनयुद्ध मात्रै अपवाद हो, जो जनताले लडेको युद्ध हो । तर त्यो युद्धलाई पनि अपवादको रुपमा अपराधीकरण गर्न खोजिदैछ । त्यो पनि अपवाद हो । जनयुद्ध नेपालको इतिहासमा एउटा अपवाद हो । यो जनताले लडेको युद्ध हो । सुकुम्बासी, महिला, मजदुर, श्रमिक जनताले लडेको युद्ध अपवादमा या एउटा युद्ध हो । तर लडेको मान्छे अपराधीकरण गरिँदैछ के यहाँ । यसलाई कुनै पनि हालतमा छुट दिन सकिँदैन, जसले जनयुद्धलाई अपराधीकरण गर्ने उद्देश्यले आएको छ ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ” विप्लवले भने ।

    दलाल, पूजीवादी सत्ताको अन्त्य गर्दै वैज्ञानिक समाजवादको स्थापना गर्न नेपालमा कम्युनिष्ट पार्टीहरुबीचको एकता प्रक्रियालाई सुरु भएको विप्लवले दाबी समेत गरे ।

    पछिल्लो समय पार्टीहरू विदेशीको गोटी बन्नु नियति भएको बताउँदै विप्लवले “एमालेले भन्छ माओवादी विदेशीको गोटी बन्यो । एमाले सरकार बन्यो भने माओवादीले विदेशीको गोटी बन्यो भन्छ ।

    विदेशीको गोटी बन्नु नियति हो । यो बाध्यता हो’ विप्लवले भने, ‘संसदवादमा फसेपछि फन्को मारेपछि अगाडि बढ्ने हिम्मत नगरेपछि कसै न कसैको गोटी बन्नै पर्छ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ