• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    स्ववियु निर्वाचन स्थगित

    347
    SHARES


    काठमाडौँ। मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनका निर्वाचन कार्यक्रम स्थगित भएको छ ।

    निर्वाचनका विषयमा परेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले अर्को आदेश नभएसम्मका लागि निर्वाचनका गतिविधि नगर्न आदेश दिएको हो ।

    विश्वविद्यालय मातहतको स्कुल अफ मेनेजमेन्ट (मुसोम)का विद्यार्थीहरूले निर्वाचनमा सहभागी हुनुपर्ने माग गर्दै मंगलबार उच्च अदालतमा रिट दायर गरेका थिए । अदालतले उक्त रिटमाथि सुनुवाइ गर्दै निर्वाचनका कार्यक्रम स्थगित गर्न आदेश दिएको हो ।

    मुसोममा अध्ययरत विद्यार्थीहरूले विश्वविद्यालयका विभिन्न पाँच वटा विभागलाई विपक्षी बनाएर रिट हालेका थिए । अदालतले यही चैत ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

    मध्यपश्चिम विश्वविद्यालयको निर्वाचन यही चैत ३ गते तोकिएको थियो । ‘अदालतको आदेशअनुसार चैत ८ गतेसम्मका लागि निर्वाचनका कार्यक्रम स्थगित गरिएको छ, ८ गते दुवै पक्षलाई अदालतले बोलाएकोले अबको मितिबारे यकिन छैन,’ स्ववियु निर्वाचन अधिकृत बेदप्रसाद ढकालले भने ।

    मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतको स्कुल अफ मेनेजमेन्ट (मुसोम) मा ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । स्वतन्त्र विद्यार्थी युनियनको अघिल्लो निर्वाचनमा मुसोममा अध्ययनरत विद्यार्थी सहभागी भएका थिए ।

    उक्त निर्वाचन पछि मुसोम स्वायत्त भएकाले त्यहाँका विद्यार्थीलाई विश्वविद्यालयको अहिलेको स्ववियु निर्वाचनमा सहभागी नगर्ने भनिएको थियो।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ