काठमाडौँ। माग पुरानभाए बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिको चेतावनी छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो ।
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त सो कुरा जानकारी गराएको हो ।
वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया