News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सिकारीले चलाएको गोली लागेर किशोरको मृत्यु

463
SHARES


काठमाडौँ । सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका-९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर चित्र बहादुर घाइते भएका थिए ।

जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

उता अछाममा बलात्कार प्रयास गरेको अभियोगमम दुई जना प्रकाउ परेका छन । प्रकाउ पर्नेमा साफेबगरका २ जना अटो चालक रहेका छन।

उनिहरुले फाल्गुन २८ गते बयालपाटा अस्पतालमा उपचार गर्न गएकी पञ्चदेवल बिनायक नगरपालिकाकि १४ र १७ बर्षकी दुई दिदिबहिनीलाई बलात्कारको प्रयास गरेको आरोप छ।

पिडितले जाहेरी दिए अनुसार अटो चालक उनिहरुले घर पुर्याईदिन्छौ भनेर बिच बाटोमा पुगेपछि जबर्जस्ती गर्न खोजेको भने आरोप रहेको छ।

प्रकाउ परेका उनिहरुलाई जबरजस्ति करणी उघोगमा मुद्दा दर्ता गरि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भईरहेको अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया