• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    उपराष्ट्रपतिको निर्वाचनबारे साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

    295
    SHARES


    काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको विषयमा साझा धारणा बनाउन बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु भएको हो ।

    बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा जसपा र जनमत पार्टीको छुट्टाछुट्टै उम्मेदवार रहेको सन्दर्भ एउटै उम्मेदवार कायम गर्ने विषयमा सहमति जुटाइन प्रयास गरिने बताइएको छ ।

    उपराष्ट्रपतिको निर्वाचनमा जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवको उम्मेदवारी परेको छ। यस्तै जसपाबाट ममता झाको उम्मेदवारी रहेको छ ।

    ममतालाई सत्ता गठबन्धनकै लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको छ भने रामसहायलाई यसबाहेकका दलहरुको समर्थन रहेको छ । यद्यपि जसपाकी अर्की उम्मेदवार प्रमिलाले भने विज्ञप्तिमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाइसकेकी छन् ।

    आजको बैठकमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरू सहभागिता रहेको छ । गठबन्धनको बैठक नसक्दा अलमल भएको बताउँदै आएका नेताहरुले यो बैठकबाट ठोस निर्णय हुने र सोही अनुसार अघि बढ्ने विश्वास लिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ