काठमाडौँ । बैंकविरुद्ध आन्दोलन गरिरहेका व्यवसायीक समूह विभाजित बनेका छन् । बैंकले चर्को ब्याजदर लिएको विरोधमा सडक आन्दोलनमा उत्रिएका व्यवसायी दुई समूहमा विभाजित बनेका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको मंगलबार साँझ सम्पन्न छलफलपछि आन्दोलन स्थगित भएको बताइएको थियो । उक्त छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठले आन्दोलन स्थगित भएको बताएका थिए ।
श्रेष्ठले ब्याजदर वृद्धिको विषयलाई सरकारले सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन पाएपछि आन्दोलन रोकिएको बताएका थिए । तर, बैंक तथा वित्तीय संस्था समस्या संघर्ष समितिका संयोजक समेत रहेका नरेश कटुवालले आन्दोलन स्थगित नभएको बताए ।
कटुवालले भने, ‘आन्दोलन रोकिएको छैन । हामी बैंक ब्याजदरविरुद्धको आन्दोलनमा छौं । नेपाल उद्योग वाणिज्य महासंघमा आबद्ध साथीहरूले आन्दोलन रोकिएको हल्ला फैलाए ।’
कटुवालले मोरङका केही प्रतिनिधि लिएर महासंघका उपाध्यक्षहरु प्रधानमन्त्रीसँग फोटो खिचेर आन्दोलन भाँड्ने प्रयास गरेको आरोप लगाए ।
यस्तै, इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिंकले जुम्लामा इन्टरनेट सेवा विस्तार गरेको छ। बुधवार खलङ्गामा एक कार्यक्रमको आयोजना गरी एफटीटीएच फाइबर इन्टरनेट सेवाको उद्घाटन गरिएको हो ।
सेवाको उद्घाटन अध्यक्ष दिलीप अग्रवाल र लगानीकर्ता ब्रिटिस इन्भेस्टमेन्ट कम्पनी (विविआई) प्रतिनिधि श्रीनीले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
जुम्लामा तारसहितको फाइबर इन्टरनेट सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्ड लिंक बनेको छ । अग्रवालले जुम्लामा यो सेवा प्रवाह गर्नु खुसीको कुरा भएको बताए ।
उनले काठमाडौँकै गतिको इन्टरनेट सुरुवात भएको जनाए। यो सेवामा कर्णाली प्रदेशलाई जोड्ने तयारी छ। सेवा विस्तार गर्ने क्रममा मुगु, हुम्ला र डोल्पा जिल्लामा पनि काम गर्ने योजना छ ।
वर्ल्डलिंकका महाप्रवन्धक किरण गौतमले जुम्लामा फाइबर इन्टरनेट सुरुवात व्यापार नभई गुणस्तरीय सेवा प्रवाह हुने बताए।जुम्लामा २०७९ साल असारबाट सेवा सुरु गरेको इन्टरनेट सेवाको जुम्लामा वर्ल्ड लिंकको बुधवारबाट सुरुवात गरिएको छ।
प्रतिक्रिया