News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

वन्यजन्तुका लागि ३५ वटा ‘अन्डरपास’

332
SHARES


काठमाडौँ । पूर्व-पश्चिम राजमार्गको नारायणघाट-बुटवल सडक विस्तारका क्रममा वन्यजन्तुका लागि ३५ वटा ‘अन्डरपास’ निर्माण गरिने भएका छन् ।

सडक निर्माण सम्पन्न हुँदा आयोजनाको पूर्वी खण्ड (गैँडाकोट-दाउन्ने) मा २२ र पश्चिम खण्ड (दाउन्ने-बुटवल) मा १३ गरेर जम्मा ३५ वटा अन्डरपास तयार हुने आयोजनाका व्यवस्थापक राकेश झाले बताएका छन् ।

वन्यजन्तुका कारण हुने सडक दुर्घटना तथा दुर्घटनाबाट वन्यजन्तुलाई जोगाउन साना र ठूला गरेर ३५ वटा अन्डरपास निर्माण गरिने झाले बताए ।

उनका अनुसार ती अन्डरपासमध्ये कतिपय ठूला पुल र कल्भर्टलाई अन्डरपासका रूपमा बनाइएको छ भने पुल र ठूला कल्भर्ट नभएका ठाउँमा अन्डरपासकै संरचना बनाइने छ ।

यसरी निमार्ण गरिने अन्डरपास तीनदेखि १२ मिटरसम्म उचाइ र आवश्यकताअनुसार १६ मिटरसम्म फराकिलो हुने झाले बताए । यसरी निर्माण गरिने अन्डरपासमा वन्यजन्तुको निगरानी गर्न क्यामेरा राख्ने गरी निर्माण गरिने झाले बताए ।

आयोजनाको विस्तृत परियोजना प्रतिवेदनमा ओभरपासको व्यवस्था नभएको भए पनि दातृ निकाय एसियाली विकास बैंकले दुम्किबासको विनयी खोलाको पुलभन्दा केही पूर्वतर्फ एउटा ओभरपास बनाउनुपर्ने आशय व्यक्त गरेकाले त्यस सम्बन्धमा अध्ययन भइरहेको झा ले बताए ।

यसअघि गएकाे वैशाखमा सरकारले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका जारी गर्दै वन्यजन्तुको ज्यान जोखिममा पर्ने गरी पूर्वाधार निर्माण गर्न रोक लगाएको थियो भने नेपालमै पहिलो पटक नारायणघाट-मुग्लिन सडकमा वन्यजन्तुका लागि अन्डरपास निर्माण गरिएको थियो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया