News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सोताङमा मृत भेटिएका राईको सनाखत हुन सकेन, पाेष्टमार्टममा समस्या

823
SHARES


सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ३ सोहरामा मृत भेटिएका पुरुषको सनाखत हुन नसक्दा पोष्टमार्टममा समस्या भएको छ ।

गएकाे आइतबार मृत भेटिएका अन्दाजी वर्ष ३५ का सुमेन्द्र राईको आफन्त सम्पर्कमा नआउँदा पोष्टमार्टममा समस्या भएको प्रहरीले जनाएको छ । उहाँको शव मुखबाट रगत बगेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक राम किशोर साहका अनुसार मृतकको साथमा भेटिएको कोरोना खोप कार्डमा निजको ठेगाना भारतको दार्जलिङ कुर्सुङ १५ घर नं.२५ भएको खुलेको खुलेको छ ।

यद्यपि त्याे ठेगानामा सुमेन्द्र राई नाम गरेका व्यक्ति नभएको भारतीय प्रहरीले जनाएको छ । शव अहिले पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुको शव गृहमा राखिएको छ ।

मृतकको अहिलेसम्म सनाखत हुन नसकेकाले कसैले चिनेकाे भए प्रहरी कार्यालयको सम्पर्क नम्बर ९८५२८९०१९९, ९८५२८९०४६७ वा १०० मा सम्पर्क गरि जानकारी गराई दिन हुन प्रहरीले अनुरोध गरेको छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया