News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद

अल नासर किङस कपको सेमिफाइनलमा

228
SHARES


काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आबद्ध अल नासर क्लब किङ्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा अभा क्लबलाई ३-१ ले पराजित गर्दै अल नासर सेमिफाइनलमा प्रवेश गरेको हो ।

मंगलबार राति एमआरसुल पार्क रियादमा भएको खेलको पहिलो मिनेटमा नै अल नासरका सामी अल नाजेईले गोल गर्दै क्लबलाई १-० को अग्रता दिलाए ।

२१ औँ मिनेटमा अब्दुल्लाह अल्खाईवारीले अर्को गोल गरेपछि अल नासर पहिलो हाफमा नै २-० को अन्तरले अग्रता लियो ।

पहिलो हाफको ४९औं मिनेटमा मोहम्मेद मरनले गोल गरेपछि अल नासर जिततर्फ अग्रसर बन्यो । तर ६९औँ मिनेटमा अभाका अब्देल फटाह एडामले जवाफी गोल गर्दै खेललाई ३-१ को स्थितिमा ल्याए । त्यसपछि गोल हुन नसके पनि अल नासरले ३-१ को जित हासिल गर्दै सेमिफाइनलको यात्रा सुनिश्चित गर्न पुगेको हो ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया