News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

गएराति धेरै ठाउँमा हावाहुरी, आज पनि हुरीसंगै चट्याङको सम्भावना

1.8K
SHARES


काठमाण्डाै। काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज पनि हावाहुरी र मेघगर्जनसहित चट्याङ सम्भावना रहेको छ ।

गएराति धेरै ठाउँमा हावाहुरीसहित फाट्टफुट्ट पानी परेको थियो भने मेघगर्जन र चट्याङ पनि परेको थियो । हुरीले कतिपयको जस्ताको छानो उडाएको छ ।

हावाहुरीले पुर्‍याएको क्षतिको पुरा विवरण भने आइसकेको छैन । मौसमविद् समीर श्रेष्ठका अनुसार आज पनि बेलुका पछि वाग्मती, गण्डकी र कोशी प्रदेशका केही ठाउँमा हावा हुरी चल्ने अनुमान छ ।

गएराति वाग्मती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा हुरी चलेको थियो । यस्तै, सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा तीब्र गतिमा हावाहुरी चलेको थियो ।

प्रि मनसुनको समयमा पश्चिमी वायुको प्रभाव पर्दा हावाहुरी चल्ने मौसमविद् समीर श्रेष्ठले बताए । मेघगर्जन र चट्याङसहित हुरी चल्ने अनुमान रहेकाले सतर्कता अपनाउन मौसमविद्कोआग्रह छ ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया