• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दशकाैँदेखि भुटानी जेलमा राजबन्दीहरु

    381
    SHARES


    काठमाडौँ। अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले भुटानकाे शाही सरकारले राजनीतिक बन्दीहरूकाे सजाय खारेज गर्नुपर्ने र उनीहरूलाई रिहा गर्नुपर्ने बताएकाे छ ।

    अनुचित परीक्षण र यातनापछि दशकौँदेखि जेलमा परेका दर्जनाैँ राजनीतिक बन्दीहरूको सजाय खारेज गर्नुपर्ने र उनीहरूलाई रिहा गर्नुपर्ने ह्युमन राइट्स वाचले बताएकाे हाे ।

    भुटानकाे अदालतले राष्ट्रिय सुरक्षा अपराधकाे कारण देखाउँदै पक्राउ परेका शान्तिपूर्ण राजनीतिक र भेदभाव विराेधी कार्यकर्ताहरूलाई दाेषी ठहर गर्दै लामाे सजाय सुनाएकाे छ ।

    जेलमा रहेकाहरूले लामाे सजाय भाेगिरहेका छन् भने केहीलाई आजीवन कारावासकाे सजाय सुनाइएकाे छ । भुटानी कार्यकर्ताहरूले राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकसँग बन्दीहरूलाई माफी दिन अपिल गरेका छन् ।

    सन् १९९० को सेप्टेम्बर-अक्टोबर र त्यसपछि, भुटानी सरकारबाट सांस्कृतिक अधिकारको माग गर्दै दक्षिणी भुटानमा धेरै शान्तिपूर्ण प्रदर्शन र आन्दोलनहरू भएका थिए । यस्ता राजनीतिक गतिविधिमा संलग्न भएको कारण धेरै कार्यकर्ता त्यति बेला जेलमा परेका थिए ।

    ह्युमन राइट्स वाचकाे दक्षिण एसिया निर्देशक मीनाक्षी गाङ्गुली भुटानी अधिकारीहरूले लामाे समयदेखि जेलमा रहेका कैदीबन्दी र उनीहरूकाे परिवारलाई भएकाे नाेक्सानलाई बुझेर स्थितिकाे तत्काल समाधान गर्नुपर्ने बताए ।

    भुटानमा राजनीतिक बन्दीकाे कुल सङ्ख्या अज्ञात छ, ह्युमन राइट्स वाचले सन् १९९० देखि २०१० काे बीचमा पहिलाे पटक हिरासतमा लिइएका ३७ जना वर्तमान कैदीबन्दीकाे जानकारी प्राप्त गरेकाे छ । यीमध्ये धेरैजसाे कैदीबन्दीलाई अरू कैदीबन्दीबाट छुट्टै राखिएकाे छ ।

    उनीहरूमध्ये केही शारीरिक वा मानसिक स्वास्थ्यबाट पीडित छन् र उनीहरू आफ्ना परिवारसँगकाे नियमित सम्पर्कबाट वञ्चित छन् ।

    सन् १९९० को सुरुवातदेखि आफ्नो पुस्तौनी थातथलो छाड्न बाध्य तुल्याएर लखेटिएका नेपालीभाषी भुटानी (लोत्साम्पा) मध्ये धेरैजसाे झन्डै दुई दशक नेपालमा शरणार्थी जीवन बिताएर अहिले संसारका थुप्रै देशमा पुनर्वासमा गएका छन् ।

    तर तिनकै थुप्रै आफन्तहरू भने भुटानका जेलहरूमा दशकाैँदेखि थुनिएका छन् । ३० जनाभन्दा बढी ‘राजबन्दी’ त चेम्गाङ जेलमा मात्रै रहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ