News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षी सीको बधाई

241
SHARES


काठमाण्डाै। राष्ट्रपति रामचन्द्र पौडेललाई चिनियाँ राष्ट्रपति सी चिनफिङले बधाई दिएका छन् । एक सन्देश जारी गर्दै चिनियाँ राष्ट्रपति सीले नेपालको राष्ट्रपतिमा पदभार ग्रहण गरेकोमा रामचन्द्र पौडेललाई बधाई दिएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

आफ्नो सन्देशमा सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गरे ।

उनले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र चीनबीचको सम्बन्धले शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गर्दै स्वस्थ र स्थिर विकासमा सहकार्य गरेको उल्लेख गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीले नेपाल-चीन सम्बन्धको विकासलाई आफूले निकै महत्त्व दिएको बताउँदै दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न राष्ट्रपति पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताए ।

विकास र समृद्धिका लागि मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्धन गर्नका लागि तयार रहेको पनि चिनियाँ राष्ट्रपति सीले उल्लेख गरेका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया