काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ २४ देखि २८ गतेसम्म लिएको नाम दर्ता प्रमाणपत्रको परीक्षामा उत्तीर्ण भएकाहरूको प्रमाणपत्र वितरण रोकिएको छ ।
परिषद्ले मंगलबार सूचना जारी गरी डाटा सर्भरमा समस्या भएकाले प्रमाणपत्र वितरण रोकिएको जनाएको हो ।
चैत १ गतेबाट प्रमाणपत्र वितरण गर्ने भनिए पनि डाटा सर्भर स्टोर मर्मत कार्य भइरहेकाले अर्को सूचना जारी नहुन्जेल रोकिएको परिषद्ले जनाएको छ ।
प्रतिक्रिया