• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अष्टलक्ष्मीले जित्नैपर्छ, एक-दुई सांसद मिलाउनुस् : केपी ओली

    512
    SHARES


    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताए । यसका लागि हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक-दुई जनालाई मिलाउनुपर्ने पनि बताए ।

    एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेको बताए ।

    तर शाक्यले जित्नैपर्ने भन्दै उनले भने, ‘यसका लागि सबै पार्टीसँग कुरा गरिरहेका छौं । तपाईंहरुले पनि एकदुई जना मिलाउनुस्, अरुलाई पनि मिलाउनुस् । यसमा ह्वीप उल्लंघनको प्रश्न छैन ।’

    उनले सांसद र प्रदेशसभा सदस्यको मत बदर हुन नहुने बताएका छन् । उनले भने, ‘मत बदर हुनु भनेको कि त बेइमानी गरेको हो, कि भोट हाल्न आउँदैन ।’ आसन ग्रहण गर्न लडाइ गर्ने नेताहरुलाई छाप हाल्न नआउनु सुहाउदो नहुने ओलीको भनाई छ ।

    यस्तै, नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ ।

    १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले महासचिव शंकर पोखरेलले संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको भनेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ