News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

डाेटीमा जीप र माेटरसाइकल ठाेक्किँदा ६ जना घाइते

279
SHARES


डाेटी। डाेटीमा जीप र माेटरसाइकल ठाेक्किँदा ६ जना घाइते भएका छन् । दिपायलबाट सिलगढीका लागि छुटेकाे सुदूरपश्चिम प्रदेश ०१-००१ ज १२५९ नम्बरकाे जीप र सुदूरपश्चिम प्रदेश ०१-१०१० प ४७७४ नम्बरकाे माेटरसाइकल ठाेक्किएकाे जनाईएको छ ।

दुर्घटनामा परि घाइने हुनेमा दिपायल सिलगढी नगरपालिका-७ की २९ वर्षीया टङ्ककुमारी उपाध्याय, त्यही वडाकी ६५ वर्षीया धौलीदेवि विष्ट, २४ वर्षीया दुर्गादेवि विष्ट, उहाँको एक वर्षीय छोरा सिर्जन विष्ट रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक देवेन्द्रराज जोशीले हटाए

यसैगरी दिपायल सिलगढी नगरपालिका-६ का मोटरसाइकल चालक ३२ वर्षीय विष्णु बोहरा र बडीकेदार गाउँपालिका-१ वीपीनगरका ४९ वर्षीय कर्ण बम घाइते भएका छन् ।

घाइतेमध्ये २४ वर्षीया दुर्गादेवि विष्टको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि हे लिकप्टरमार्फत् काठमाण्डौ लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।

दुर्घटनामा घाइते भएका अन्यकाे जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया