• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    290
    SHARES


    काठमाडौँ। देशका पहाडी र तराईका केही भुभागमा आज हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    त्यसैको असरले देशको पहाडी तथा हिमाली भू-भागहरूमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराई भेगमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    विभागले आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भ-भागहरूमा आंशिक बदली रहने जनाएको छ । देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशको पहाडी भू-भागहरूमा आंशिकदेखी सामान्य बदली रहनेछ। बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा भने आज राति मेघगर्जन र चट्याङसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ