News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

निवर्तमान राष्ट्रपति विद्या भण्डारीलाई चितवन-२ को उपनिर्वाचन लड्न एमाले नेताहरुको आग्रह

1.5K
SHARES


काठमाडौँ। आजबाट दुई कार्यकाल सम्पन्न गरेर राष्ट्रपतिबाट विदा भएकी विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा प्रवेश गर्ने चर्चा छ ।

भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त गरेर विदा भएसँगै सक्रिय राजनीतिमा आउने चर्चा बढेको छ ।

खासगरी एमाले नेताहरुले नै भण्डारीलाई सक्रिय राजनीतिमा आउन आग्रह गरेका छन् । राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो ।

अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीलाई पूनः पार्टीमा सक्रिय हुन आग्रह गरिसकेको स्रोतको दाबी छ । एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ दिएकी छैनन् ।

कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।

नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेका छन् ।

कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन-२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।

आज कार्यकाल समापनसँगै शितलनिवासबाट विदा भएर बालुवाटारस्थित् आफ्नी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी भण्डारीले भोलिबाट राजनीतिक भेटवार्ता गर्ने छिन् । आजै उनको डेरामा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागतको लागि पुगेको थियो ।

यस्तै, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासित तनहुँ काँग्रेसका युवा नेताहरुको एक टोलीले भेट गरी आसन्न उपनिर्वाचनमा युवा पुस्तालाई प्राथमिकता दिन माग गरेका छन् ।

पार्टीका महाधिवेशन प्रतिनिधि दीपक भट्टराई तथा तनहुँ क्षेत्र नं १ का सभापति श्याम मौरतीको नेतृत्वको टोलीले आइतबार पार्टी सभापति देउवासित भेट गरी उपनिर्वाचनमा युवालाई जिम्मेवारी दिन माग गरेका हुन् ।

तनहुँ १ बाट निर्वाचित सांसद् रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसकेपछि उक्त स्थान अव रिक्त भएको छ । उक्त स्थानमा अव उपनिर्वाचन हुने भएको छ । भेटमा काँग्रेसका युवा नेताहरुले राष्ट्रपतिमा पौडेल निर्वाचित हुने राजनीतिक माहोल सिर्जना गरेकोमा सभापति देउवालाई धन्यवाद समेत दिएका छन् ।

भेटमा सभापति देउवाले आसन्न उपनिर्वाचनमा पार्टीका सबैपक्षसँग सरसल्लाह गरेर मात्र टिकटको निधो गरिने जानकारी पार्टीका नेताहरुलाई दिएको महाधिवेशन प्रतिनिधि दीपक भट्टराईले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया