News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तराष्ट्रिय

डुङ्गा पल्टिँदा ३० आप्रवासी बेपत्ता

368
SHARES


रोम। लिबियामा मालवाहक जहाजले उद्धार गर्ने क्रममा डुङ्गा पल्टिँदा करिब ३० आप्रवासी बेपत्ता भएको इटालीको तटरक्षक बलले आइतबार जनाएको छ ।

लिबियाको खोज तथा उद्धार क्षेत्रमा बिहान सबेरै उद्धारको प्रयास गरिएपछि १७ जना आप्रवासीको उद्धार गरिएको र बेपत्ताको खोजी कार्य जारी रहेको तटरक्षक बलले जनाएको छ ।

‘आप्रवासीहरूको स्थानान्तरणको क्रममा डुङ्गा डुबेको र १७ व्यक्तिहरूलाई (कार्गो) पोतद्वारा उद्धार गरिएको थियो भने करिब ३० आप्रवासीहरू हराइरहेका छन्,’ तटरक्षकले बताएका छन् ।

इटालीको दक्षिणी तट क्यालाब्रियामा भएको पानीजहाज दुर्घटनामा परी कम्तीमा ७६ आप्रवासीको मृत्यु भएको ठीक दुई हप्तापछि भूमध्यसागरमा पछिल्लो विपत्ति आएको हो ।

यो डुङ्गा दुर्घटनाले इटालीका प्रधानमन्त्री जियोर्जिया मेलोनीको नेतृत्वमा रहेको दक्षिणपन्थी सरकार रक्षात्मक अवस्थामा पुगेको छ र यसले आप्रवासीहरूलाई बचाउन समयमा हस्तक्षेप गर्न असफल भएको भन्ने तीव्र आलोचनालाई रोक्न प्रयास गरिरहेको छ ।

इटालीको तटीय क्षेत्रतर्फ जाने जोखिमपूर्ण सेन्ट्रल मेडिटेरेनियन क्रसिङमा आप्रवासीको बढ्दो सङ्ख्या बढेपनि आइतबारको उद्धारले मृत्युको दोष कसको थियो भनी प्रश्न उठ्ने निश्चित देखिन्छ ।

इटालीको तटरक्षक बलले डुङ्गा लिबियाको खोज तथा उद्धार क्षेत्रमा रहेको र यस घातक घटनाले भूमध्यसागरका अन्य देशहरूको ‘निष्क्रियता’ उजागर गरेको बताएको छ ।

रोमले लामो समयदेखि हरेक वर्ष डुङ्गाबाट युरोप पुग्न खोज्ने दशौं हजार आप्रवासीहरूको मार खेपिरहेको गुनासो आफ्ना ईयू साझेदारहरूसँग गर्दै आएको छ ।

आप्रवासी डुङ्गाहरूको निगरानी समूहले बेन्गाजीबाट करिब १ सय ६० किलोमिटर उत्तरपश्चिममा डुङ्गा संकटमा परेको जानकारी गराएको थियो । त्यसपछि इटालियन अधिकारीहरूलाई स्थानीय समयअनुसार शनिबार बिहान ११ः१८ बजे सचेत गराइएको थियो ।

जर्मन गैरसरकारी संस्था ‘सी वाच’को एक निगरानी विमानले पनि डुङ्गालाई देखेको थियो र त्यो ‘जोखिमयुक्त भीडभाड र डरलाग्दो छालमा’ रहेको बताएको थियो ।

इटलीको तटरक्षकले एक विज्ञप्ति जारी गर्दै सचेतनाका लागि बज्ने फोनको घण्टीले रोमको उद्धार समन्वय केन्द्र, माल्टाली र लिबियाली अधिकारीहरूलाई डुङ्गाको बारेमा सूचित गरेको पुष्टि गरेको छ ।

‘सी वाच’को चेतावनीपछि डुङ्गातर्फ गएको एक व्यापारिक जहाजले खराब मौसमका कारण डुङ्गाको उद्धारमा कठिनाइ भएको बताएको तटरक्षकहरूले बताए ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया