News Portal

  • आज :

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

बिहे गरेर इंगल्याण्ड लैजान्छु भन्दै १५ लाख ठग्ने युवती पक्राउ

345
SHARES


काठमाडौं । अनलाइन माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका-१ कि ३६ वर्षकी अञ्जली विसुंखे रहेकी छन् ।

उनले सामाजिक सञ्जाल टिकटकबाट एक युवतीलाई फ्रेण्ड रिक्वेस्ट पठाई आफू इंगल्याण्डको नागरिक फ्र्यांकलिन पाउल रहेको र श्रीमतीको मृत्यु भइसकेकाले नेपाल आई विवाह गरेर इंगल्याण्ड लैजाने प्रलोभन देखाएर ठगी गरेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले बताए ।

बिसुंखेले पीडितलाई ह्वाट्सएप च्याटबाट तिम्रो नाममा जुत्ता, ब्याग, आईफोन, सुनका गहनाहरु ७० हजार अमेरिकी डलरको लगेज पठाएको छु भन्दै कुरियरले सम्पर्क गर्छ भनेर झुक्याएको पनि प्रहरीले जनाएको छ ।

उनले पीडितसँग पार्सलको डेलिभरी चार्ज, भन्सार शुल्क, बीमा शुल्क आदि शीर्षकको रकम भन्दै १५ लाख २० हजार रुपैयाँ पठाउन लगाएर ठगी गरेको एसपी राठौरले बताएका छन् ।

सञ्चारकेन्द्र
emailsanchar@gmail.com

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +



प्रतिक्रिया