काठमाडौँ । सरकारले रासायनिक मलमा ११.७८ प्रतिशतले अनुदान कटौती गरेको छ ।
रासायनिक मलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको तथा अमेरिकी डलरको तुलनामा नेपाली मुद्राको विनियमदरमा कमी आएकोले मलमा दिँदै आएको अनुदान घटाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जनाएको हो ।
मन्त्रालयका अनुसार यस अघि ७०.८२ प्रतिशत अनुदान रहेकोमा अब ५९.०४ प्रतिशत मात्र अनुदान पाइने भएको छ । यसलाई क्रमशः ५० प्रतिशतमा कायम गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अब युरियाको २५ रुपैयाँ, डिएपीको ५० रुपैयाँ, पोटासको ४० रुपैयाँ मूल्य कायम भएको छ । यस अघि युरिया १४, डीएपी ४३ र पोटास ३१ रुपैयाँमा पाइने गर्थ्यो ।
प्रतिक्रिया