काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका छन् ।
आज (सोमबार) काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गरेका हुन् ।
उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले सोहीअनुरूप विद्युतीय सवारी साधनहरू आइरहेका बताए ।
उनले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरूभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए ।
उनले विद्युतीय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताए । वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारी साधन नै उपयुक्त भएको उनको भनाइ छ ।
‘लगानी सँगै हाम्रो खपत बढाउने कार्य योजना अन्तर्गत विद्युतीय सवारी साधनहरू आइरहेको छ, त्यसको लागि विद्युतीय सवारी साधन प्रयोग सबैले गरिदिनुहुन आह्वान गर्छु’-उनले भने ।
यस्तै, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको गुनासो गरेकी छन् ।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी हुन् । उ
नले अवसर पाएका महिलाहरुलाई असफल हुने छुट नभएको बताइन् । ‘संसदमा कोरम पुर्याउने सवालमा महिलाहरुको उपस्थिति महत्वपूर्ण रहे पनि त्यसको बाहिरी पक्षमा मूल्यांकन भएको छैन ।’ उनले भनिन् ।
उनले संसदको बैठक आयोजना र व्यवस्थापन गर्नेकुरामा पनि महिलाहरुको बढी सहभागिता रहेकाले सञ्चारमाध्यमहरुले महिलाको मूल्यांकन गरी खोजमूलक पत्रकारिता गर्नुपर्ने बताइन् ।
प्रतिक्रिया