• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गोरखामा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ जना गम्भीर घाइते

    326
    SHARES


    काठमाडौं । गोरखाको गोरखा नगरपालिका-६ मा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भएको छैन ।

    गोरखा बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको प्रदेश ३, ०१-००३ क ६१७० नम्बरको मिनी ट्रक आज दिउँसो सवा १ बजे बिसौनीमोड भन्ने स्थानमा दुर्घटनामा परेको हो । सो ट्रकले बा ८६ प १७८६ नम्बर मोटरसाइकललाई समेत ठक्कर दिएको थियो ।

    दुर्घटनामा जम्मा ८ घाइते भएकामा एक जनाको उपचारको क्रममा गोरखा अस्पतालमा १ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गोरखामै उपचार भइरहेको उनले बताए । ट्रक सडकबाट करिब २० फिट तल खसेको छ ।

    यस्तै, थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ ।

    अस्पतालले आगामी चैत ७ गते मधुमेहका बिरामीलक्षित वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको हो । नर्भिक अस्पतालको नर्सिङ ट्रेनिङ हलमा सो कार्यक्रम आयोजना हुनेछ ।

    दिउँसो १ बजेदेखि कार्यक्रम सुरु हुने र त्यसमा सहभागी हुनेहरुका लागि अस्पतालले निःशुल्क सुगर लेभल जाँचको सेवा समेत उपलब्ध गराउने अस्पतालले जनाएको छ ।

    सो क्रममा नर्भिक अस्पतालकी विशेषज्ञ चिकित्सक डा. कामक्क्षा शाहले जनचेतनामूलक कार्यक्रमको नेतृत्व गर्ने र निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउने छिन् ।

    नर्भिक अस्पतालले बेला-बेला आफ्नो संस्थागत सामाजिक उत्तरदायlत्वअन्तर्गत यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । एकमहिनाअघि पनि अस्पतालले मधुमेहका बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम आयोजना गरेको थियो ।

    सो कार्यक्रममा सर्वसाधारणको उत्साहजनक सहभागिता थियो । त्यस्तै कार्यक्रम पुनः गर्नुपर्ने माग आएपछि त्यसलाई सम्बोधन गर्न चैत ७ गते अर्को जनचेतनामूलक कार्यक्रम राखिएको अस्पतालले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया

    आजको ट्रेन्डिङ