काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की सांसद प्रमिला यादवले उपराष्ट्रपति पदमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । पार्टीकै नेता रामसहाय यादवलाई समर्थन गरेकी हुन् ।
जसपा नेताहरुका अनुसार अब भोलि मंगलबार सत्तारुढ गठबन्धनको बैठक बस्ने छ र रामसहाय यादव नै आधिकारिक उम्मेदवार भएको निर्णय गर्नेछ ।
सत्ता गठबन्धनबाट रामसहाय र प्रमिलासँगै जनमत पार्टीकी ममता झाको उमेद्वारी छ । शनिबार बिहान बसेको सत्तारुढ १० दलको बैठकले जसपालाई दुई (महिला र पुरुष) उम्मेदवार गर्न अनुमति दिएको थियो । २५ फागुनमा जसपाले संसदीय दलका नेता रामसहायलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया